सोमबार, बैशाख ०७, २०८३
छहरानजिकै त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु, ८ घाइते

धादिङ । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । उनका अनुसार घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको मृत्यु भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी जयसवालले बताए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय