मंगलबार, कार्तिक ११, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल र साइप्रसका राजदूतबीच शिष्टाचार भेट

काठमाठौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री खनालले साइप्रसमा रहेका नेपाली नागरिकको अवस्थाबारे चासो व्यक्त गर्नुभएको थियो। साथै, बहुपक्षीय मञ्चहरूमा दुवै देशबीच आपसी हित र सहकार्य अभिवृद्धि गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय