नेप्से परिसूचक ५ अंकले बढ्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०९ अंकले बढेर बन्द भएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक २००९ अंकसम्म पुगेको थियो । त्यसपछिः नेप्सेको वृद्धि खुम्चिँदै परिसूचक ५ अंक बढेर १९९८ अंकमा पुगेर रोकिएको हो । ०.२५ प्रतिशतले परिसूचक बढेपनि आज कारोबार रकम भने खुम्चिएको छ । आज नेप्सेमा ९८ करोड ८६ लाख रुपैयाँ बराबरको ३६ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ ।

यसक्रममा आज ११८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर छ । आज कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.३८ प्रतिशतले घटेको छ । परिसूचक सामान्य अंकले बढेपनि आज कारोबार भएका ९ समूहमा भने वृद्धि आएको छ ।

आज जलविद्युत १.८८, उत्पादनमूलक २.१५, लघुवित्त ०.२५ अंक र अन्य समूह ४.२५ अंकले घटेको छ । सबैभन्दा धेरै होटल र टुरिजम समूहमा ४५ अंकको सुधार आएको छ भने विकास बैंक समूहको २६ अंकले बढेको छ । यस्तै, जीवन बीमा समूह २४ अंक बढ्दा निर्जीवन बीमा समूह १४ अंकले बढेको छ । हिजो आइतबार नेप्से परिसूचक २० अंक घटेर १९९३ अंकमा आइपुगेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय