महिला विश्वकप छनोट : नेपालको लगातार तेस्रो जित

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ । जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३ ओभरमा पुरा गरेको हो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् । अन्य ब्याट्सम्यान चल्न सकेनन ।

अगाडी ब्याटिङ गरेकाे भुटानले ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो । भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अं‌क बनाउन सकेनन् । नेपालका लागि पुजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस