एशिया कपमा आज श्रीलंका र अफगानिस्तान भिड्दै

काठमाडौं । एशिया कप अन्तर्गत आज श्रीलंका र अफगानिस्तानबीच खेल हुँदै छ । पाकिस्तानको लाहोर क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३:१५ बजेदेखि सुरु हुने छ । समुह बि अन्तर्गतको यो खेल सुपर चारमा पुग्नका लागि दुवै देशका लागि महत्वपूर्ण रहेको छ । यस अघि श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तान बंगलादेशसँग पराजित भएको थियो ।

अब अफगानिस्तानलाई सुपर चारमा पुग्न आजको खेलमा श्रीलंकामाथि फराकिलो जित आवश्यक रहेको छ । अफगानिस्तान विजयी भएमा तिनै देशको २-२ अंक हुने हुदा रनरेटको आधारमा सुपर चारमा जाने दुई देशको टुंगो लाग्ने छ । श्रीलंका विजयी भएमा भने श्रीलंकासहित बंगलादेश सुपर चारमा पुग्नेछ । समुह ए बाट भने पाकिस्तान शिर्ष स्थानमा रहँदै र भारत दोस्रो हुँदै सुपर चारमा पुगिसकेका छन् भने नेपाल दुवै खेलमा पराजित भएर बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस