नेपाली भलिबल खेलाडीलाई मासिक पारिश्रमिक

काठमाडौँ । राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीमा रहेका खेलाडीहरुले मासिक पारिश्रमिक पाउने भएका छन् । नेपाली खेलकुदको इतिहासमा भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाएका हुन् । राष्ट्रिय टोलीमा रहेका १२ पुरुष र १२ जना महिला खेलाडीलाई मासिक रुपमा जनही पाँच हजार रुपैयाँका दरले पारिश्रमिक प्रदान गर्न लागिएको आज आयोजित कार्यक्रममा नेपाल भलिबल संघले जानकारी दिएको हो ।

हाल अमेरिकामा रहेका भलिबका पूर्वखेलाडी, भलिबलप्रेमी र अन्य सहयोगीसँगको सहकार्यमा संघले खेलाडीलाई मासिक पारिश्रमिक उपलब्ध गराउन लागेको हो । यसका लागि हाल अमेरिकामा रहेका नेपाली भलिबल टोलीका पूर्वखेलाडी राम श्रेष्ठले समन्वय गरेको पनि संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस