काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, आज डलरको खरिद दर १३२ रूपैयाँ ५७ पैसा र बिक्री दर १३३ रूपैयाँ १७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ३३ पैसा र बिक्री दर १४२ रूपैयाँ ९८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३८ पैसा र बिक्री दर १६७ रूपैयाँ १४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३६ पैसा र बिक्री दर ३६ रूपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




















