शुक्रबार कृषि विकास बैंकको बैंकिङ्ग सेवा बन्द रहने
बिहिबार, भाद्र २१, २०८० | ११:५३:०९

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै भोलि शुक्रबार बिहान ५ बजेदेखि ९ बजेसम्म सेवा अवरुद्ध हुने बताएको हो ।
मोबाईल बैंकिङ्गको भर्जीन अपग्रेड कार्यका लागि मोबाइल बैंकिङ्ग सेवा पूर्ण रुपमा बन्द रहने जनाएको हो । यसबाट सेवाग्राहीहरुमा पर्न जाने असहजप्रति बैंकले क्षमा मागेको छ ।
