अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर खतरा र आतंकवाद प्रमुख चुनौती : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर खतरा र आतंकवाद अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् । बिहीवार अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस र इन्टरपोलको १०० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले डिजिटल युगमा अपराधीहरूले प्रविधिको दुरुपयोग गरी नराम्रा क्रियाकलापहरू सञ्चालन गर्ने भएकाले अन्तर्राष्ट्रिय प्रहरी सहयोगको आवश्यकता रहेको बताए । ‘यस डिजिटल युगमा जहाँ अपराधीहरूले प्रविधिको दुरुपयोग गरी आफ्ना नराम्रा क्रियाकलापहरू सञ्चालन गर्छन्, त्यहाँ अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्वलाई नकार्न सकिँदैन।

यो विश्वव्यापी परिदृश्य र सम्बन्धित मुद्दाहरूमा चिन्तन गर्न आवश्यक छ,’ प्रधानमन्त्री दाहालले भने, ‘विश्वले अभुतपूर्व चुनौतिहरूको सामना गरिरहेको छ, जसमा अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर खतरा र आतंकवादको वृद्धि समावेश छ। म सबै राष्ट्रहरूलाई विश्वव्यापी, क्षेत्रीय र उप–क्षेत्रीय स्तरहरूमा अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्न आग्रह गर्दछु।’ उनले नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको बताए । अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतिहरूलाई अझै राम्रोसँग सम्बोधन गर्न सकिने प्रधानमन्त्री दाहालको भनाइ छ । उनले अपराधीहरूले प्रविधिको दुरुपयोग गरी गर्ने क्रियाकलाप नियन्त्रण गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्व अतुलनिय रहेको बताए।

‘उदीयमान खतराहरूलाई प्रभावकारी रूपमा लड्न हामीले सूचना आदानप्रदान, खुफिया आदानप्रदान, र क्षमता निर्माणलाई बढाउनुपर्छ। हाम्रो सरकारले अन्तर्राष्ट्रिय प्रहरी प्रयासहरूलाई समर्थन गर्ने सर्वोपरि महत्वलाई मान्यता दिन्छ, र हामी यस प्रयासमा सक्रिय साझेदार हुने हाम्रो प्रतिवद्धतालाई पुनः पुष्टि गर्छौं । नेपाल सीमापार सुरक्षा र सहयोग प्रवद्र्धनमा सक्रिय भुमिका खेल्न तयार छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रा अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर हामी विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतिहरूलाई अझ राम्रोसँग सम्बोधन गर्नसक्छौँ भन्ने हाम्रो दृढ विश्वास छ। हाम्रा राष्ट्रका प्रतिनिधिका रूपमा, हामीले हाम्रा नागरिकहरू भय र शोषणबाट मुक्त हुनसक्ने वातावरण सिर्जना गर्न मिलेर काम गर्नुपर्छ।’ उनले अन्तर्राष्ट्रियस्तरमा संगठित अपराध, साइबर क्राइम र आतंकवादको वृद्धि भइरहेको बताए । प्रहरीले अपराधको अनुसन्धान गर्दा मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस