काठमाडौँ। फिफा विश्वकप फुटबल २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ । आज बिहान भएको खेलमा बोलिभियालाई ५–१ गोलले हराउँदै ब्रजिलले विजयी सुरुवात गरेको हो ।
ब्राजिलका लागि रोड्रिगो र नेयमारले समान २–२ तथा राफिन्हाले १ गोल गरेका थिए । यस्तै, बोलिभियाका लागि भिक्टोरले एक गोल फर्काएका थिए । जितसँगै ब्राजिल ३ अंकका साथ तालिकाको शीर्षस्थानमा छ ।



















