काठमाडौं । लिट्मस केबल्सले एक भव्य समारोहबीच अत्याधुनिक जर्मन प्रविधिद्धारा नेपालमै उत्पादन गरिएको ईकोवायर–ZH (Ecowire -ZH) सार्वजनिक तथा विक्री वितरणको घोषणा गरेको छ । ह्यालोजनमुक्त (Ecowire -ZH) नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुङ्गाको रुपमा रहनुका साथै यसले ग्राहकवर्गमा अझ बढी र उच्चकोटीको सुरक्षाको अनुमति दिने कम्पनीले बताएको छ । आवासिय भवनहरु होस् या व्यावसायिक स्थलहरु जस्तै विद्यालय, अस्पताल, मल, सिनेमाहल, मनोरञ्जनात्मक स्थल वा कार्यालय, जहाँ पनि अत्याधिक रुपमा बिजुलीका तारहरु प्रयोग गरेको हुने कम्पनीको भनाई छ ।
नवीनतम प्रविधियुक्त (Ecowire -ZH) ले आगलागीका जोखिमलाई कम गर्नुका साथै जीवन तथा धनमालको सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने बताइएको छ । ईकोवायर–ZH सार्वजनिक गरेको उक्त कार्यक्रम उद्योगका प्रमुख व्यक्तित्वहरू, मेकानिकल र इलेक्ट्रिकल तथा प्लम्बिङ्गमा आवद्ध टेक्निसियनहरु, परामर्शदाताहरू,ग्राहकवर्गहरु तथा मिडियाका प्रतिनिधिहरू उपस्थित थिए । यस कार्यक्रममा यस नविनतम प्रविधिमा आफ्नो विश्वास र उत्साहप्रकट गर्दै लिट्मस इन्डस्ट्रिज लिमिटेडमा प्रबन्ध निदेशक रोहित गुप्ताले जनाए । लिट्मस “ईकोवायर–ZH नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार हो । ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात गरी नयाँनयाँ प्रविधि तथा नविनतम उत्पादनहरु बजारमा ल्याउने उनले बताए ।
लिट्मस इन्डस्ट्रीज लिमिटेडका उपाध्यक्ष सरोज मिश्रले बजारमा लिट्मस ईकोवायर–ZH को विश्वसनीयतामा जोड दिँदै यसको अतुलनीय सुरक्षाप्रविधिका कारण ग्राहकहरूले यो उत्पादनलाई विश्वास गर्न सक्ने कुरामा जोड दिए । यसको कमधुवाँर उत्सर्जन–मुक्त विशेषताहरूले यो सबै प्रयोगकर्ताहरूको लागि उपयुक्त विकल्प बनेको छ । यसबाहेक, यसको खीया नलाग्ने गुणहरू र आगो प्रतिरोधले समग्र सुरक्षा रुपरेखा बढाउँछ । विशेष रूपमा, उत्पादनको पर्यावरण–मैत्री डिजाइनले यसको दिगोपन र जिम्मेवारीलाई रेखांकित गर्दछ, यो वातावरणीय रूपमा सचेत उपभोक्ताहरूको रोजाई बन्न सक्छ ।



















