सोमबार, बैशाख ०७, २०८३
सञ्चारकर्मी मोतिराम तिमल्सिनालाई गोलि ठोक्ने धम्की, तिमल्सिनाद्धारा प्रहरीमा उजुरी

काभ्रे । नेपाल समाचारपत्र दैनिकका जिल्ला संवाददाता एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सल्लाहकार, पुर्व अध्यक्ष तथा विभिन्न संचारमाध्यममा आवद्द कृयाशिल संचारकर्मी मोतीराम तिमल्सिनालाई मलद्वारमा सून लुकाई तस्करी गरेको सन्र्दभको समाचार प्रकाशन गरेको भन्दै नेपाली काँग्रेस काभ्रेका नेता कार्यकर्ताहरुले गोली ठोक्ने धम्की दिएका छन् ।

काँग्रेस काभ्रेका नेता कार्यकर्ताहरुले पत्रकार तिमल्सिनालाई सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।

‘समाचार किन लेखेको ? समाचारमा किन सभापतिको नाम जोडेको भन्दै गोली ठोक्ने र तरबारले छिमोल्ने धम्की दिईएको छ’–पत्रकार तिमल्सिनाले भने–‘धम्की दिनेमा नेपाली काँग्रेस निकट तरुण दलका जिल्ला सभापति सुजन लामा, नेविसंघका जिल्ला नेता सुरज तिमल्सिना, बाबु राज लगायतका दर्जनौ नेता कार्यकर्ताहरुले चरित्र हत्या हुने गरी तथ्यहिन कपोलकल्पित र भ्रामक स्टाटस समेत पोस्ट गरेका छन् ।’

गोलि ठोक्ने धम्की आएपछि प्रहरीमा उजुरी :
संचारकर्मी तिमल्सिनाले सामाजिक सञ्जालमा आफुलाई गोली ठोक्ने धम्की आएपछि आफू र परिवार माथीको जनधनको सुरक्षा गरि दोषिलाई कानून बमोजिम कारवाही गरि पाउँ प्रहरीमा उजुरी दिएका छन् ।

सञ्चारकर्मी तिमल्सिनाले प्रहरीमा दिएको उजुरी :

 

सिफारिस

ताजा समाचार

लोकप्रिय