क्यानको सचिवमा पारस खड्का निर्वाचित
शनिबार, आश्विन ०६, २०८० | १४:१८:५३

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारणसभाबाट सचिवमा नेपाली क्रिकेट राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।आज काठमाडौँको बानेश्वरस्थित एभरेष्ट होटलमा भएको निर्वाचनमा पारसले जितका लागि आवश्यक ४८ मत ल्याउँदै निर्वाचित भएका हुन् । पारसका प्रतिद्वन्दी प्रशान्तविक्रम मल्लले ३७ मत ल्याए । यसअघि, चतुरबहादुर चन्द शुक्रबार राति अध्यक्षमा निर्विरोध चयन भए । शनिबार बिहान उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन भए । चन्दकै प्यानलबाट कोषाध्यक्षमा उठेका पदमबहादुर खड्का पनि निर्विरोध भए ।