सोमबार, कार्तिक १०, २०८३
मन्त्री प्रतिभा रावलको भनाइ : ‘जनता मन्त्रीलाई भेट्न आउने होइन, मन्त्री जनतालाई भेट्न जानुपर्छ’

भरतपुर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री नै जनतालाई भेट्न जानुपर्ने बताएकी छन्।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारका काम र आगामी कार्ययोजनाबारे जनतालाई जानकारी गराउन आफू आएको बताइन्। उनले भूमिहीन नागरिक र सहकारीपीडितको समस्या समाधान गर्नु सरकारको प्राथमिकता रहेको उल्लेख गरिन्।

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु भइसकेको जनाउँदै उनले त्यसलाई थप तीव्रता दिइने बताइन्। लामो समयदेखि पीडामा रहेका बचतकर्ताको रकम छिटोभन्दा छिटो फिर्ता गर्नुपर्नेमा जोड दिँदै उनले रकम फिर्ता नगर्ने सहकारीलाई ताकेता गर्नुपर्ने बताइन्।

त्यस्तै, लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन नागरिकलाई त्यही स्थानको जग्गा उपलब्ध गराउन देखिएका कानुनी जटिलता हटाएर जग्गाधनी पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइने उनले बताइन्।

आवश्यक नीतिगत सुधार गरिसकिएको उल्लेख गर्दै मन्त्री रावलले कार्यान्वयनका क्रममा देखिने अवरोधसमेत हटाउँदै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय