काठमाडौं । नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण सुनुवाइ स्थगित भएको हो । यसअघि गत असोज १ गते न्यायाधीश अभावका कारण सुनवाइ स्थगित भएको थियो ।
जिल्ला अदालतका केही न्यायाधीश सरुवा भएर अन्यत्त्र गएको र अन्यत्त्रबाट काठमाडौं सरूवा भएका न्यायाधीशहरू अझै काममा नआइसकेकाले कतिपय मुद्दाहरूको सुनुवाइ स्थगित भएको अदालतले जनाएको छ ।
सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भनेपनि काठमाडौं अदालतले मुद्दालाई चाँडो टुंगो लगाउने गरी अघि बढाउन सकेको छैन् ।



















