आयो गरिबको दसैँ (भिडिओ सहित)

यो वर्षको दसैँ नजिकिँदै छ । यही छेकोमा गायक प्रकाश पुरीले यो दसैँलाई लक्षित गरेर नयाँ लोक दोहोरी दसैँ गीत ‘गरिबको दसैँ…’ बजारमा आएका छन् । यो गीतमा गायक प्रकाश पुरीलाई गायिका सुनिता दुलालले स्वरमा साथ दिएकी छिन् । प्रकाशले यो गीतको भिडियो शुभसाईत म्युजिक युट्युव च्यानलबाट रिलिज गरेका छन् ।

प्रकाश र सुनिताको स्वरमा यो गीत निकै कर्णप्रिय बनेको छ । गीतमा प्रकाशकै शब्द, रेशम थापाको थेगो तथा संगीत रहेको छ । गीतलाई आके मिलनले संगीत संयोजन, खड्ग बाजुरालीको मिक्सिङ र मास्टरिङ रहेको छ । यो गीतमा गरिवहरुको दसैँ कस्तो हुन्छ भन्ने व्याथा व्यक्त गरिएको छ ।

दसैँ पर्व गरिबहरुका लागि दशा बन्ने गरेकोले सो पीडालाई यो गीतमा उतारेको गायक प्रकाश पुरीले बताएका छन् । यो दसैँ गीतको भिडियो निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । आर्थिक अभावका कारण दसैँमा एक दम्पत्तिले भोग्नुपरेको पीडालाई निरेनले यो गीतको भिडियोमा दर्शाएका छन् ।

विष्णु खड्काले सम्पादन गरेको यो गीतको भिडियोमा राम केसीको छायाँकन, कविता खड्काको सृङ्गार रहेको छ । भिडियोलाई रोयल मुभिज प्रा.लि.ले उत्पादन गरेको हो । यो गीतको भिडियोमा जुना गुरुङ, राजन पुरी, रमेश श्रेष्ठ, राज गिरी, अनुषा गिरी, शर्मिला श्रेष्ठ बलामी र देवकी गिरीको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस