
काडमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन्। उपत्यका प्रहरी अपराध महाशाखाले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ।
उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले फिल्म रावायणमा अभिनय गर्न सहमतहुँदै १० लाख रकम लिएको र उनी सहमत भएपछि अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उनी विरुद्ध उपत्यका प्रहरी कार्यालयमा उजुरी परेको थियो।
निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा केसी विरुद्ध उजुरी दिएका थिए।