मंगलबार, आषाढ १६, २०८३
आजबाट चौथो बनेपा महोत्सव सुरु

काभ्रे | ‘चौथो बनेपा महोत्सव २०८०’ शुक्रबारबाट बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा सुरु भएको छ। ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नाराका साथ बनेपा ब्वाइज क्लबको आयोजनामा सुरु महोत्सव कार्तिक ४ गतेसम्म चल्नेछ।

बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामाले महोत्सवको उद्धघाटन गरे। उद्घाटन समारोह अघि बनेपा पार्टी भेन्युबाट बनेपा नगरपालिका परिक्रमा गर्दै महोत्सव हुने स्थानसम्म स्थानीय कला संस्कृति झल्कने बाजागाजा नाच , झाकी सहित विभिन्न संघ संस्था , कलेज , क्लबको सहभागितामा र्‍यालीको आयोजना गरिएको थियो।

महोत्सवमा विभिन्न विधाका खेलकुद, गायन, नृत्य, धिमे बाजा प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रियस्तर कलाकारहरू सांस्कृतिक प्रस्तुती समेत रहने आयोजक सस्थाका अध्यक्ष महेशकुमार कर्माचार्य जानकारी दिए। उनका अनुसार महोत्सवमा घरेलु उत्पादनका सामग्री, हस्तकलाका सामग्री, खाद्य सामग्री, लत्ताकपडा, खानाका विभिन्न परिकार, लगायतका स्टलहरु राखिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय