मंगलबार, बैशाख ०८, २०८३
राष्ट्रपतिसँग प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरुको अलग- अलग भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रपतिसँग भेटका लागि प्रधानमन्त्री प्रचण्ड आज अपराह्न शित्तल निवास पुगेका थिए । उनीहरुबीच शिष्टाचार भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपति आवास शीतल निवासमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै भएको आफ्नो अमेरिका र छिमेकी राष्ट्र चीनको भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले मुलुकको समसामयिक अवस्थाबारे पनि जानकारी गराएका थिए । त्यसअघि राष्ट्रपति पौडेललाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बेग्ला–बेग्लै भेटेर समसामयिक विषयमा छलफल गरेको सल्लाहकार पोखरेलले जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय