मंगलबार, बैशाख ०८, २०८३
कोशीमा असोज २६ भित्र नयाँ सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशमा नयाँ सरकारका लागि एक साताको आह्रवान गरेका छन् । उनले संविधानको धारा १६८ (५) अन्तरगत सरकार गठनको आह्वान गरेका छन् । यो कोशीमा सरकार गठनको अन्तिम विकल्प हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार प्रदेश सभामा विश्वासको मतको परीक्षण नै नगरी पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि असोज २६ गते शुक्रवार ५ बजेसम्मको समय दिएर सरकार गठनको आव्हान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय