हमासद्वारा इजराइलमा रकेट हमला

एजेन्सी । अवरुद्ध गाजापट्टीबाट शनिबार रकेट आक्रमण हुँदा इजराइलमा कम्तीमा एक जनाको मृत्यु भएको एएफपीका पत्रकार र चिकित्सकहरूले बताएका छन् ।स्थानीय समयअनुसार बिहान साढे ६ बजेदेखि गाजाका कयौँ स्थानबाट थुप्रै रकेट प्रहार भएको एएफपीका पत्रकारले जनाएका छन् । सर्वसाधारणलाई बम आश्रयस्थल नजिकै बस्न आग्रह गर्दै इजराइली सेनाले मुलुकका दक्षिण र मध्य क्षेत्रहरूमा साइरनको चेतावनी दिएका थिए ।

जेरुसेलममा एएफपीका एक पत्रकारले पूरा सहरभर साइरन बजेपछि रकेट हमला रोकिएको देखेको बताए । प्यालेस्टिनी समूह हमासको सशस्त्र शाखाले हमला आफूले गराएको बताएको छ । उसले आफ्ना लडाकुहरूले पाँच हजारभन्दा बढी रकेट हमला गरेको दाबी गरेको छ । “हामीले इजराइली कब्जाका सबै अपराधहरूलाई समाप्त पार्ने निर्णय गरेका छौँ, जवाफदेही ठहर नगरी वितण्डा मच्चाउने उनीहरूको समय सकिएको छ”, उक्त समूहले भनेको छ, “हामीले अल–अक्स फ्लडको घोषणा गरेका छौँ र २० मिनेटको पहिलो हमलामा हामीले पाँच हजारभन्दा बढी रकेट प्रहार गर्यौ ।”

सिफारिस

ताजा समाचार

लोकप्रिय