घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुनको मूल्य आज तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय