
काठमाडौं । इजरायली सेना र हमास लडाकुबीचको लडाइँमा मृत्यु हुनेको संख्यामा २१ सय नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार झडप सुरु भएको पाँचौं दिन सम्ममा १२ सय इजरायली र ९ सय प्यालेष्टिनीको मृत्यु भएको हो । इजरायली सेनाका प्रवक्ताले अहिलेसम्म एक हजार २ सय जनाको मृत्यु भएको र २ हजार ७ सय जना घाइते भएको पुष्टि गरेका छन् ।
इजरायलले निशाना बनाएर लगातार बम आक्रमण गरिरहेको गाजा क्षेबाट अहिलेसम्म २ लाख ६० हजारभन्दा धेरै मानिस विस्थापित भइसकेका छन् । एक लाख ७५ हजार भन्दा धेरैले यूएन स्कुलमा शरण लिएका छन् ।