काभ्रेमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
बुधबार, आश्विन २४, २०८० | ११:५१:१५
काभ्रे । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो १ बजे रोशी गाउँपालिका-११ माम्दीस्थित बिपी राजमार्गमा बनेपाबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो ।
बा ९६ प ९२६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर नालीमा खसेको थियो । दुर्घटना हुँदा मोटरसाइकल चालक बनेपा नगरपालिका-१० जनागाल बस्ने सर्वेश्वर हुमागाई घाइते भएका थिए ।
घाइते भएका उनलाई धुलिखेल अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।