बढ्यो सुनचाँदीको मूल्य
बिहिबार, आश्विन २५, २०८० | ७:०९:०२

काठमाडौँ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।