काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
मनाङ एयरका निर्देशक राजु न्यौपानेका अनुसार रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको हो ।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए ।
पाइटल पिके सेढाइ सुरक्षित रहेका छन । पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।



















