काठमाडौँ । प्यालेस्टायनी लडाकु समूह हमासको आक्रमणमा परेर ज्यान गुमाएकामध्ये ५ जनाको शव इजरायली सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।
नेपाली राजदूतावासले आइतबार साँझ विज्ञप्ति जारी गर्दै ५ वटा शव प्राप्त भएको जनाएको छ ।
लेल अबिबस्थित दूतावासमा इजरायल सरकारले नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेश राज विष्ट र आशिष चौधरीको शव बुझाएको विज्ञप्तिमा जनाइएको छ ।
घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको राजदूतावासले जनाएको छ। प्राप्त भएका शवहरू ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको पनि दूतावासले बताएको छ ।
‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ,’ दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ । उपलब्ध संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य अझै तीब्र पारिएको दूतावासले बताएको छ।




















