बुधबार, बैशाख १६, २०८३
खसीबोकाको कारोबार शुरु

काठमाडौँ । दशैँ शुरु भएसँगै खसीबोका र च्याङ्ग्राको कारोबार शुरु भएको छ ।

व्यापारीले गाउँठाउँबाट खसीबोका खरिद गरेर सहरबजारमा ल्याउन थालेका छन् भने व्यावसायिक खसीबोका पाल्ने किसानले बिक्री थालेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद सकिएको जनाएको छ ।

कम्पनीले यस वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा काठमाडौँ ल्याएर बेच्ने तयारी गरेको छ । आजैदेखि खसीबोका र च्याङ्ग्रा बिक्री थाल्ने कम्पनीले जनाएको छ । कम्पनीले सहुलियत दरमा बेच्ने खसी, बोका र च्याङ्ग्राको मूल्य निर्धारण गर्न भने बाँकी छ ।

काठमाडौँ ल्याइएका खसी, बोका र च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बाग्मती प्रदेशिक कार्यालय थापाथलीबाट बिक्री गर्ने तयारी छ ।  सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरेर बिक्री गरिने खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरिसकेको छ ।

यस्तै, पशु सेवा विभागले आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरेर चिह्न लगाउन शुरु गरेको छ । विभागले काठमाडौँका विभिन्न ठाउँका बजारमा स्वास्थ्य परीक्षण गरेर स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिह्न लगाउने अभियान शुरु गरेको हो । काठमाण्डौ विभिन्न ११ वटा ठाउँबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया शुरु भएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय