बलिउड अभिनेता ऋतिक रोशनका फ्यानलाई खुसीको खबर छ । यी एक्सन अभिनेता अब सुपरहिरो फिल्म ‘क्रिस’को चौथो श्रृंखलालाई दर्शकमाझ प्रस्तुत गर्ने तयारीमा छन् ।
हिन्दुस्तान टाइम्सका अनुसार यो फिल्मको छायांकन सन् २०२४ को फेब्रुअरी वा मार्चमा थाल्ने तयारी छ । ‘उनी यो श्रृंखलाको लागि निश्चित हुन चाहन्छन् किनभने लामो समयपछि कथाको पुनः प्रारम्भ हुँदैछ । निर्माता यसलाई गलत रुपमा प्रस्तुत गर्न चाहँदैनन्,’ स्रोतले भन्यो ।
निर्माताले अभिनेत्री प्रियंका चोपडासँग पनि सम्पर्क गरिरहेका छन् । ‘क्रिस’मा पनि प्रियंकाले ऋतिकको ‘लभ इन्ट्रेस्ट’को भूमिका निर्वाह गरेकी थिइन् ।



















