२०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने पक्का जस्तै भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ ।
एसिया वा ओसिआनामा २०३४ को विश्वकप आयोजना गर्ने निर्णय गरेको फिफाले आयोजनाका लागि प्रस्ताव गर्न दिएको समय सीमा भोलि बुधबारसम्म छ ।
सन् २०२६ को महिला एसियन कप र २०२९ को क्लब वर्ल्ड कप आयोजनामा केन्द्रित हुन यो निर्णय लिएको अष्ट्रलियाले बताएको छ । अष्ट्रेलियाले यसैपालि महिला विश्वकप फुटबल पनि आयोजना गरिसकेको छ ।
सन् २०२६ को विश्वकप अमेरिका र क्यानडामा तथा सन् २०३० को विश्वकप भने मोरक्को, पोर्चुगल र स्पेनमा हुने छ । सन् २०३० मा विश्वकप फुटबल सुरु भएको १०० वर्ष पुग्ने भएकाले अर्जेन्टिना, पारग्वे र उरुग्वेले केही संस्मरणात्मक खेल आयोजना गर्ने छन् ।



















