भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १५७ पुग्यो

काठमाडौं । पश्चिम नेपालको जाजरकोटलाई केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा निक्कै ठूलो मानविय र भौतिक क्षति पुगेको थियो ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार अहिलेसम्म मर्नेहरुको संख्या १५७ पुगेको छ ।

उनका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२  जनाको मृत्यु भएको हो ।

भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम पश्चिममा ५२ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय