काभ्रे । तीनतले झरनाको सुन्दरताले जो कोहीलाई पनि मोहित पर्दछ । बेथानचोक च्याम्रराङवेशी आसपास पुग्ने हरेक व्यक्तिको मनमा तीनतले झरना पुग्ने रहर जाग्दछ । तीनतले झरनाले बेथानचोकको सुन्दरतालाई झल्काएको छ । यही एउटा झरनाले धेरैलाई खुशी दिलाएको छ ।
घुम्न आउने पर्यटकहरुलाई आनन्दको अनुभुती दिलाएको छ । झरनाको वयान सुन्नेहरको मन लोभ्याएको छ । झरनासँग साक्षात्कार हुँदा जस्तोसुकै पीडा पनि विलय हुन्छ । झरना पुगेपछि कतिलाई रुझ्न मन लाग्छ ।
चिसोपानी चुर्लुम्ब डुबुल्की मार्दै पौडीको मज्जा लिनेहरु पनि धेरै भेटिन्छन यहाँ । तीनतले झरनाको सुन्दरतालाई मोबाईलमा कदै गरी सामाजिक सञ्जालहरुमा पोष्ट गर्दै धेरैले गौरवान्दित महशुष गर्दछन । झरनाको प्रवद्र्धन, संरक्षण र ब्यवस्थापनका लागि बेथानचोक गाउँपालिका र वडाले पूर्वाधारहरुको विकास गरी पर्यटकहरुको आकर्षित गर्ने खालका संरचनाको विकास गरी ब्यवस्थापन गर्दै अघि बढेको छ ।
सदरमुकाम धुलिखेलबाट दक्षिणी भेगमा अवस्थित यस झरनाको प्रचार र प्रवद्र्धन गर्न सके जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल बन्न सक्छ ।



















