पनौतीमा भिन्तुना सम्पदा र्‍याली हुँदै

काभ्रे । जिल्लाको पनौती नेपाल र पनौती नेपाल महिला समुहद्वारा नेपाल संवत ११४४ को अवसरमा भिन्तुना पनौती सम्पदा ¥याली आयोजना गरिने भएको छ । ११ वर्षदेखि आयोजना गरिएको यो कार्यक्रम १२ औ संस्करणको हो ।

आगामी कार्तिक २८ गते गोवर्द्धन पूजाको दिन आयोजित भिन्तुना सम्पदा र्‍यालीले पनौतीको कला, संस्कृति र सम्पदाको पहिचान गराउने अध्यक्ष निवास श्रेष्ठले बताए । उनले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने, पनौती नगरपालिका र आसपासमा रहेका सम्पूर्ण झाँकी, बाजा तथा भेषभुषाहरुको प्रस्तुति र प्रचार प्रसार राष्ट्रभर गर्ने, समाजमा रहेका वर्ग, लिङ्ग, जातजाति, भाषाभाषीहरु बीच भाइचाराको विकास गरी आत्मीयता कायम गर्ने बताए ।

‘परम्परा, संस्कृति जगेर्ना गर्ने मुख्य उद्देश्य हो’–पनौती नेपाल महिला समूह अध्यक्ष सुनमाया श्रेष्ठले भनिन् –‘नगरपालिका भित्र रहेका विभिन्न वडाका सबै कला र संस्कृतिलाई समेटेर आयोजना हुने भिन्तुना पनौती सम्पदा र्‍यालीले पनौती क्षेत्रको थप विकास हुनेछ ।’

पनौती र आसपासका क्षेत्रमा रहेका विभिन्न सांस्कृतिक झाँकीहरु, बाजा, नाच, विभिन्न जातजातिका भेषभुषा आदिलाई कार्यक्रममा सहभागि गराउँदै जाकीडोलको लाखे, तामाङको झाँकी नृत्य, खैजेडी भजन, पनौतीको देवी नाच लगायत डेढ दर्जन भन्दा धेरै झाँकीहरु प्रस्तुत हुनेछन् ।

पनौतीको महालक्ष्मी पमाडीटोलबाट शुरु हुने झाँकी सहितको र्‍याली पनौती बसपार्क हुँदै फर्किएर पनौती गेटबाट इन्द्रेश्वर महादेव पुण्य मावि हुँदै कार्यक्रम स्थल पुगेर समापन हुनेछ । कार्यक्रम समापन पछि नेवारी भोजको आयोजना गरिएको अध्यक्ष निवास श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस