काभ्रेमा जुवा खालबाट नगद सहित १३ जना जुवाडे पक्राउ

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका वडा नं ४ मा रहेको एक होटलको कोठा नं. १०१ मा जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उल्लेखित होटलमा जुवातास खेलिरहेको भन्ने काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट उक्त स्थानमा प्रहरी अधिकृतको कमाण्डमा खटिएको प्रहरी टोलिले खानतलासी गर्दा तास खेल्ने जुवाखालबाट नेपाली रुपैँया ४,०००।– ( चार हजार रुपैँया ) बरामद भएको छ ।
जुवातास खेल्ने १३ जना मानिसहरु नियन्त्रणमा लिई खानतलासि गर्दा सबैको साथमा भएको जम्मा गर्दा नेपाली रुपैँया ४,४२,३५०।– ( चार लाख बयालिस हजार तिन सय पँचास रुपैँया ) फेला पारी बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका १३ जनालाई आवश्यक कानुनी प्रकृया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।