बिहिबार, जेठ ०७, २०८३
रोशीमा कर्मचारी र प्रहरीबिच मैत्रीपूर्ण फुटबल

काभ्रे । रोशी पालिकाका कर्मचारी र इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरीहरुबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता भएको छ ।

प्रतियोगितामा प्रहरीको टिम विजयी भएको छ । रोशी गाउँपालिका–५ पोटाखोला दोभानको खेलमैदानमा भएको खेलमा २–१ गोलले प्रहरी विजय भएको हो ।

शुभदिपावली, छठ तथा नेपाल संवतको अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो । ६० मिनेटको खेलमा १–१ गोललले बराबरी भएपछि ७ मिनेट अतिरिक्त समय थप गरेको थियो । सो अतिरिक्त समयमा प्रहरीले एक गोल थप गरि मैत्रीपूर्ण खेलमा अग्रस्थान हासिल गर्न सफल भएको हो ।

मैत्रीपुर्ण फुटबल कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख रिमबहादुर तामाङ, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा, इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख तथा प्रहरी निरीक्षक पञ्चलाल गोले, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, रोशी–७ का वडाध्यक्ष अशोक गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वाध्यक्ष तथा प्रेस युनियनका पूर्व उपाध्यक्ष इश्वरी ओझा लगायतको उपस्थिति रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय