आइतबार, बैशाख ०६, २०८३
मिस गुरुङ ईन्टरनेसनल पाचौं संस्करणको ग्राण्ड फिनाले सम्पन्न, जेरिना गुरुङ बनिन् विजेता

काठमाडौ । सौर्न्दय प्रतियोगिता मिस गुरुङ ईन्टरनेसनल पाँचौ संस्करणको ग्राण्ड फिनाले काठमाडौको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ ।

मिस गुरुङ ईन्टरनेसनल सिजन ५ को उपाधी सिक्किमकि जेरिना गुरुङले जितेकी छिन् । जेरिनाले यमाहाको स्कुटरसंगै ५ लाख बराबरको पुरस्कारहरु पाएकी छन् । फस्ट रनरअपको उपाधी तारा गुरुङले हात पारिन भने सेकेन्ड रनरअपको उपाधी करिना गुरुङले हात पारिन ।

मिस पपुलरको उपाधी अनामिका गुरुङले हात पार्दा मिस ट्यालेण्ट तारा गुरुङनै भइन । साथै सम्पुर्ण विजेताहरुले विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् ।

ग्राण्ड फिनालेमा मनिका घले, अनमिका गुरुङ, करिना गुरुङ, समिक्षा गुरुङ, सुस्मिता गुरुङ, तारा गुरुङ, निशा गुरुङ, पुनम गुरुङ, समिक्षा गुरुङ, जेरिना गुरुङ, स्नेहा गुरुङ, निम्ति गुरुङ, सदिक्षा गुरुङ, अस्मिता गुरुङ सहभागी थिए भने सबैले विभिन्न सव टाइटलहरु जितेका छन् ।
ग्राण्ड फिनालेका निर्णयकका रुपमा कुल बहादुर गरुङ, ज्ञानेन्द्र गुरुङ , कमला गुरुङ, लक्ष्मी गुरुङ, र टिकाराम गुरुङ रहेका थिए ।

मृगतृष्णा फेसन हाउसको आयोजना र वि. एण्ड वि. ईभेन्ट मेनिया प्रा. लि. को व्यवस्थापनमा आयोजना भएको ग्राण्ड फिनाले पोखरा, गोरखा, काठमाडौ ,धादिङ र सिक्किममा बाट गरि १४ जना युवतीहरु प्रतिस्पर्धामा सहभागी थिए।

गुरुङ कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाँच वर्षदेखि मिस गुरुङ ईन्टरनेलेसनलको आयोजना गरिदै आएको आयोजक संस्था कि अध्यक्ष तृष्णा गुरुङले जानकारी दिइन बताइन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय