विश्व च्याम्पियन अर्जेन्टिना शुक्रबार उरुग्वेको हातबाट २–० ले पराजित भएको छ । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना आफ्नै घरेलु मैदानमा पराजित भएको हो ।
उरुग्वेका लागि बार्सिलोनाका रोनाल्ड अराजोले ४१ औं मिनेटमा गोल गरेयता लिभरपुलका डारविन नुनेजले ८७ औं मिनेटमा दोस्रो गोल थपे । छनोटमा अर्जेन्टिनाको यो पहिलो हार हो र पाँच खेलबाट १२ अंकमा अझै शीर्ष स्थानमा छ ।
उरुग्वे भने १० अंकमा दोस्रो स्थानमा रह्यो । अर्को खेलमा ब्राजिललाई कोलम्बियाले २–१ ले हरायो । कोलम्बिया नौ अंकमा तेस्रो स्थानमा उक्लेको छ भने ब्राजिल सातै अंकमा सीमित रहेर पाँचौं स्थानमा छ ।



















