विश्वकप फाइनलमा भारतको प्रतिद्वन्द्वी अस्ट्रेलिया

ट्रेभिस हेड ब्याट र बल दुवैमा चम्केपछि अस्ट्रेलियाले दक्षिण अफ्रिकामाथि बिहीबार संघर्ष पूर्ण जित निकाल्दै विश्वकप क्रिकेट क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब आइतबार हुने उपाधिको भिडन्तमा भारत र अस्ट्रेलिया भिड्नेछन् ।

समूह चरणमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । विश्वकपमा भारत र अस्ट्रेलिया १२ पटक आमनेसामने भएकोमा अस्ट्रेलियाले ८ वटा खेल जितेको छ ।

जितका लागि २ सय १३ रन पछ्याएको अस्ट्रेलियाका लागि हेडले ६२ रन बनाए । बीचमा लड्खकिएको अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ३० र जोस इंग्लिसले २८ रन बनाए । इडेन गार्डेनमा अस्ट्रेलिया जितसम्म पुग्दा १६ बलको खेल बाँकी थियो । अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनल पुगेको यो कीर्तिमान आठौंपल्ट हो ।

दक्षिण अफ्रिका भने फेरि एकपल्ट सेमिफाइनलमै रोकिएको छ । उसका लागि डेविड मिल्नरले शतक बनाए पनि विश्वकपमा पाँचौंपल्ट सेमिफाइनलमै रोकियो । विजयी टिम एक समय पाँच विकेट गुमाएर १ सय ३७ रनको स्थितिमा थियो भने त्यसपछि सात विकेट गुमाएर १ सय ९३ रनमा रह्यो ।

अन्त्यमा मिचेल स्टार्कले १६ र कप्तान प्याट कमिन्सले अविजित १४ रन बनाई अस्ट्रेलियालाई फाइनलमा सुरक्षित बनाए । अस्ट्रेलियाको सुरुआत भने राम्रो रह्यो र पहिलो विकेटका लागि डेविड वार्नर तथा हेडले ६० रनको साझेदारी गरे । हेड नै ‘प्लेयर अफ द म्याच’ चुनिए । त्यस अगाडि दक्षिण अफ्रिकाले ४९.४ ओभर टिकेर सबै विकेट गुमाउँदै २ सय १२ रन बनायो । छैटौं क्रममा ब्याटिङका लागि क्रिजमा आएका मिलरले १ सय १६ बलको सामना गरेर आठ चौका तथा पाँच छक्का प्रहार गरे ।

उनी कमिन्सको बलमा हेडद्वारा समातिए । टस जितेर पहिले ब्याटिङको निर्णय गरेको दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन र २४ रन बनाउँदासम्म उसले चार विकेट गुमाइसकेको थियो । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र जोस हेजलउडले सुरुआती दुई दुई विकेट लिएका थिए । त्यही स्थितिमा मिलरले हेनरिक क्लासनसँग मिलेर पाँचौं विकेटका लागि ९५ रनको साझेदारी गरे ।

क्लासन ट्रेभिस हेडको बलमा क्लिन बोल्ड भए । उनले ४७ रन बनाए । त्यो चार चौका तथा दुई छक्काको मद्दतले ४८ बलमा बनाइएको स्कोर थियो । उनीहरूलाई छाडेर अन्य ब्याटरले गतिलो योगदान दिन सकेन । अस्ट्रेलियाली बलरमध्ये स्टार्क र प्याट कमिन्सले तीन/तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस