टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट परेका छन् ।

टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै निवेदकहरुले निर्णय बदरको आदेश मागेका छन् ।

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनहरु अहिले अध्ययनका क्रममा छन् । सामाजिक सद्‍भाव बिगार्न खोजेको भन्दै मन्त्रिपरिषद्को गत सोमबारको बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस