पनौती जेसीजको सुस्तरी मोटरसाइकल प्रतियोगीता

काभ्रे । जिल्लाको पनौती नगरपालिका-७ स्थित लायकु डबलीमा सुस्तरी मोटरासाइकल प्रतियोगिता सम्पन्न भएको छ । भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलाई क्षेत्रलाई सहयोग गर्ने उद्देश्यले सुस्तरी मोटरासाइकल प्रतियोगिता गरेको आयोजकले बताए ।

“विस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न” भन्ने मूल नाराका साथ सुस्तरी मोटरासाइकल प्रतियोगितामा पनौती नगरका नगरप्रमुख रामशरण भण्डारीबाट समुद्घाटन भएको थियो । कार्यक्रममा २७ जना प्रतिशर्धी रहेको थियो ।

द्रुत गतिबाट हुने दुर्घटनाको बारेमा जनचेतना जगाउन र प्रतिश्प्रधिबाट उठेको रकम पश्चिम नेपालको जाजरकोटमा गएको भुकम्पमा राहत सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पनौती जेसीजका अध्यक्ष जेसी राजेन्द्र महाजुले जानकारी दिए ।

उक्त कार्यक्रममा बुद्धिराम नापित प्रथम, सिजन सुधाकार दितिय र हरिसुन्दर भुजु तृतिय भएका थिए । उक्त प्रतियोगितामाबाट संकलन् भएको रकम भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलाई क्षेत्रलाई सहयोग गर्ने आयोजकले जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय