काभ्रे । काभ्रेली छोरो रञ्जित वाईबाको नेपाली सेलो गीत “नगरन रिस”को अफिसियल अडियो सार्बजनिक गरेको छ । सार्वजनिक गरेको १ हप्तादेखी नै ट्रेण्डिङ फर म्युजिकमा पर्न सफल भएको छ ।
नेपाली मुलधारका गीतसंगीतको बजारमा निक्कै गीतहरु युट्युव ट्रेण्डिङमा परे पनि तामाङ गीत संगीतको बजारमा भने केही गीतहरु मात्रै युट्युव ट्रेण्डिङमा पर्न सफल भएका छन् ।
यसै क्रममा गत साता फ्याफुल्ला नेपालमार्फत सार्बजनिक गरिएको उक्त गीतको अडियो भर्सन नै ट्रेण्डिङमा पर्न सफल भएको हो । ट्रेण्डिङ फर म्युजिक नम्बर १२ मा पर्न सफल उक्त गीतको शब्द/संगीता रञ्जित वाईबाको रहेको छ भने गीतमा आवाज चर्चित गायीका जितु लोप्चनको साथमा रञ्जित वाईबाको नै रहेको छ ।
गीतको अडियो एरेन्ज तथा मिक्सिङ चर्चित गायक तथा संगीतकार सानबाबु घिसिङले गरेका हुन् भने यो गीत उनै घिसिङको फ्याफुल्ला नेपालमा रेकर्ड गरिएको हो ।
पछिल्लो समय गीत भन्ने बित्तिकै भिडियोको रुपमा हेर्ने गरेका दर्शकहरुका बीच यो गीतको अडियोले नै छोटो समयमा ट्रेण्डिङमा पर्न सफल भएको छ । यद्यपि यस अघि पनि अडियो भर्सनले नै धेरै भिउअर्स कमाउन सफल तामाङ गीतहरु युट्युवमा रहेका छन् ।
सुन्नुस “नगरन रिस”को अफिसियल अडियो



















