स्थापना दिवसको अवसरमा रक्तदान

काभ्रे । नमोबुद्ध नगरपालिकाले स्थापना दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरेको छ ।

स्थापनाको नवौं बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा नगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा ३१ जनाले रक्तदान गरेका हुन् ।

नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधी, शिक्षक, विद्यार्थी लगायतले रक्तदान गरेका थिए । नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले सबैलाई आभार प्रकट गर्दै प्रमाणपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस