धुलिखेल राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सञ्जीवनीलाई

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सञ्जीवनी माध्यामिक विद्यालयले जितेको छ । सञ्जीवनी माध्यामिक विद्यालयले एथलेटिक्स तर्फ ८ स्वर्ण, ४ रजत र २ काश्य सहित १४ वटा पदक र भलिबल तर्फ २ स्वर्ण पदक सहित सञ्जीवनीले उपाधि जितेको हो ।

प्रतियोगितामा १२ पदक सहित धुलिखेल हाई स्कुल धुलिखेल दोस्रो भएको छ । सेतीदेवी माध्यामिक विद्यालय रवि ११ स्वर्ण सहित तृतीय भएको छ ।प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडी तथा विद्यालयलाई नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेको हो ।

नगरप्रमुख ब्याञ्जुले नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट र सहभागि हुने सम्पूर्ण खेलाडीलाई धन्यवाद दिँदै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीमा जुट्न आग्रह गरे ।

प्रतियोगिता धुलिखेलको टुडिखेल मैदानमा भएको थियो । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १५ वटा विद्यालयले सहभागिता जनाएका थिए । भलिबल छात्र तर्फ सञ्जीवनी मावि प्रथम, हनुमान मावि द्धितिय र कालिका मावि शारदा बतासे तृतीय भएका छन् । छात्रा भलिबल तर्फ सञ्जीवनी मावि प्रथम, पूर्ण सञ्जीवनी लङ्खनामाई मावि द्धितिय र हुमान मावि पात्लेखेत तृतीय भएका छन् ।

उक्त समापन कार्यक्रम धुलिखेल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक गणेश आचार्य, वडा-३ का वडा सद्स्य एवं कार्यपालिका सदस्य सन्जु तामाङ, वडा-३ का वडा सदस्य सुबास अधिकारी, नगरपालिकाको शिक्षा शाखा अधिकृत भोज कुमार ठकुरी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, खेलकुद प्रशिक्षक लगायत सहभागि रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस