न्यूरोडबाट अवैध सुनसहित एकजना पक्राउ
बुधबार, मंसिर २०, २०८० | ६:५७:०१

काठमाडौं । काठमाडौंको न्यूरोडबाट अवैध सुन प्रहरीले बरामद गरेको छ ।
न्यूरोडस्थित ओमपाल गोल्ड शप प्रा.लिसँगैको कारखानामा छापा मार्दा उक्त सुन फेला पारेको प्रहरीले जनाएको छ ।
कैलाली घर भइ नागार्जुन बस्ने पदम पाण्डेको सुन रहेको आशंका गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन कार्यालयको टोलीले पाण्डेलाई पक्राउ गरेको छ । प्रहरीले सुनबारे थप अनुसन्धान अघि बढाएको छ ।
बरामद भएको सुनमध्ये केही गहना र केही विस्कुट आकारका रहेको कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । “सुनको एकिन तौल आएको छैन । करिब सात किलो भन्ने छ । हामी थप अनुसन्धान गर्दैछौँ,” एसपी रेग्मीले भने ।