मंगलबार, बैशाख ०८, २०८३
विद्यार्थीलाई छालाको जुत्ता र मोजा

काभ्रे । मण्डनदेउपुरकै अब्बल र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित भएरपनि कुनै समय बन्द हुने अवस्थामा पुगेर पुरानै लहमा फर्किने प्रयासरमा रहेको श्री भवानी आधारभूत विद्यालय मण्डनदेउपुर–८ धाईटारले आफ्नो गौरवमय ५१ औं बार्षिकोत्सव मनाएको छ ।
मण्डनदेउपुर नगरपालिका वडा नं ८ का अध्यक्ष निरञ्जन बिष्टको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सवमा स्थापनाकालदेखि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीसँगै शिक्षकलाई सम्मान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र सापकोटाको अध्यक्षमा भएको कार्यक्रममा प्रधानाध्यपक रुक्मणी पौडेलले विद्यालयको प्रगती विवरणको बारेमा आफ्नो प्रतिवेदन पेस गरेका थिए । यसअघि स्थापना तथा बार्षिकोत्सव कार्यक्रम हुन नसकेको सन्र्दभमा अध्यक्ष सापकोटाको प्रयासमा यो पटक घनिभूत रुपमा कार्यक्रम संचालन गरेर भवानीले आफूलाई नयाँ ढङ्गबाट प्रस्तुत गरेको छ । हरिप्रसाददेखि रामहरिसम्म सम्मानित ठूलो दुख र कष्टले स्थापना गरेको विद्यालयका संस्थापक अध्यक्ष हरिप्रसाद पौडेलको छोरा केशव पौडेलाई सम्मान गरियो ।

पूर्व अध्यक्ष गोपिकृष्ण पौडेल, पूर्व अध्यक्ष देवनारायण पौडेलको धर्मपत्नी दुधकुमारी पौडेल, भवदत्त सापकोटा, अच्युतप्रसाद पौडेल, रामहरि पौडेल, भोलानाथ पौडेललाई विशेष सम्मानले सम्मानित गरियो ।
सोम सर सम्मानित विद्यालयमा शिक्षण कार्यमा संम्लग्न रहनु भएको प्रअ तथा प्रशासक सोमनाथ सापकोटा, शंकर खड्का र खड्गप्रसाद सापकोटालाई सोही अवसर सम्मान गरिएको थियो ।

त्यस्तै, भरत बिष्ट, राममणि नेपाल, पारस काफ्ले, स्व पुरुषोत्तम नेपाल,बालकृष्ण चौलागाई, उमा प्रसास उप्रेती, शंकर बहादुर खड्का, ईश्वरी पौडेल, जानुका पौडेल कश्यपप्रसाद पौडेल, भिमप्रसाद पौडेल, खड्गप्रसाद सापकोटा, गोमा भट्टराई, मिरा सापकोटा, अञ्जना ढुंगाना, निर्मला श्रेष्ठ, रामहरि नेपाल र ईन्दिरा बुढाथोकीलाई सम्मान गरियो ।
दाउरा चुल्होका विष्णु सापकोटाले दिए जुत्ता र मोजा आफूले कखरा सिकेको विद्यालयका विद्यार्थीलाई पढाईमा सहज होस् भन्ने हेतूले दाउरा चुल्हो रेष्टुरेन्ट भक्तपुर पलासँेका प्रोपाईटर बिष्णुप्रसाद सापकोटाले सबै विद्यार्थीका लागि छालाको जुत्ता र मोजा उपलब्ध गराएका छन् ।

गोरखापत्र दैनिकमा कार्यरत सोही विद्यालयका पूर्व विद्यार्थी केशवराज पौडेलसँग समन्वय र सहजीकरण गर्दै सामाग्री बुधबार उनले विद्यालयको प्रअलाई हस्तान्तरण गरेका हुन । सामाजिक सेवामा दिलोज्यान दिएर लाग्ने सापकोटाले आफूले आम्दानी गरेको रकमबाट सामाजिक सेवा गर्न पाउँदा निक्कै खुसी लागेको बताए । उनले सोही विद्यालयबाट कक्षा ५ सम्मको शिक्षा हासिल गरेका थिए । कार्यक्रममा विद्यालयका पूर्व प्रअ सोमनाथ सापकोटा, समाजसेवी अनिल सापकोटा, पूर्व शिक्षक तथा गाविसका अध्यक्ष भरत बिष्ट, कार्यपालिकाका सदस्य विकास राई लगायतकाले मन्तव्य राखेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय