मंगलबार, बैशाख ०८, २०८३
इन्स्पेक्टर नवीन पौडेल बने सर्वोत्कृष्ट प्रहरी

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नवीन पौडेल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

अपराध अनुसन्धान तथा नियन्त्रणमा उनले खेलेको भुमिकाको कदर गर्दै गत मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

काठमाडौं उपत्यकामा हुने अपराधका घटनाहरुको अनुसन्धान तथा नियन्त्रणमा सफल भूमिका निर्वाह गरेको भन्दै इन्स्पेक्टर पौडेललाई गत मंसिर महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान स्वरुप सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको चार नम्बर पिलरमा कार्यरत इन्स्पेक्टर पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले हातहतियार, अवैध सुन, लागूऔषध लगायतका अन्य गैरकानुनी सामाग्रीहरु बरामद गर्दै अपराधमा संलग्न थुप्रै आरोपीहरुलाई पक्राउ गर्न सफल भएको थियो। इन्स्पेक्टर पौडेल नेपाल प्रहरीमा इमानदार तथा व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय