शुक्रबार, साउन २९, २०८३
बसको टायर फुस्किएर लाग्दा एक जनाको मृत्यु

मोरङ । गुडिरहेको बसको टायर फुस्किएर चोट लाग्दा एक जनाको मृत्यु भएको छ ।

कानेपोखरी गाउँपालिका-६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको हो ।

सोही गाउँपालिका-७ स्थित सडकमा प्रदेश १-०१-००१ ख ३९२२ नम्बरको बसको टायर अचानक फुस्किएर लाग्दा गम्भीर घाइते भएका उनको बिराट नर्सिंङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय