
डोटी । नेपाल प्रहरी श्रीमती संघले डोटीको दिपायल सिलगढी नगरपालिका-४ मा रहेका ४० जना विपन्न, एकल महिला तथा ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा(कम्बल) विवरण गरेको छ ।
सुदूर पश्चिम प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा विपन्न, एकल महिला तथा ज्येष्ठ नागरिक लाई न्यानो कपडा(कम्बल) का साथै बिस्कुट विवरण गरेको प्रहरीले जनाएको छ । चिसोको समयमा सानो सहयोगले केही सहयोग पुगोस् भन्ने हेतुले न्यानो कपडा वितरण गरेको कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रहरी श्रीमती सङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले बताईन् ।
कार्यक्रममा विशिष्ट अतिथि सुदूर पश्चिम प्रदेश प्रहरी श्रीमती सङ्घका अध्यक्ष एकता बोहरा रहेकी छिन् ।नेपाल प्रहरी श्रीमती संघले नगरभित्रका अति विपन्न ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई न्यानो कपडा वितरण गर्दा चिसोको समयमा धेरै राहत पुग्ने कार्यक्रमकी सभाध्यक्ष एवं दिपायल सिलगढी नगरपालिकाकी उप प्रमुख कलावती साउँदले बताईन् ।
उप प्रमुख साउँदले नेपाल प्रहरी श्रीमती संघको केन्द्रीय समिति र प्रदेश समितिलाई धन्यवाद समेत दिएकी थिइन् । न्यानो कपडा वितरण कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाकी उप प्रमुख, नेपाल प्रहरी श्रीमती सङ्घका केन्द्रीय अध्यक्ष, सुदूर पश्चिम प्रदेश प्रहरी श्रीमती सङ्घका अध्यक्ष, प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायब उपरीक्षक, प्रहरी अधिकृत, जनप्रतिनिधि, स्थानीय लगाएको सहभागिता रहेको थियो ।