प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरको भेटवार्ता

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान भारतीय वायु सेवाको विशेष विमानबाट काठमाडौँ आइपुगेका विदेशमन्त्री जयशंकरले सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस