काभ्रेमा गाँजासहित नौ जना पक्राउ

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिकाका विभिन्न स्थानमा लागु औषध प्रयोगकर्ताहरुको संख्या बढिरहेको स्थानीयको सूचनाका आधारमा नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौबाट खटिएको प्रहरी टोलीले एक खिल्ली चुरोटमा ७० ग्राम गाँजा सहित ९ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार माघ २ गते दिउसो ४ बजेको समयमा ९ जना युवाहरुको समुह गाँजा खाने गरी भेला भएको थियो । सोहि समयमा काठमाडौबाट आएको प्रहरी टोलीले उनिहरुलाई गाँजा सहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका ७ घर भई हाल धुलिखेल ३ बस्ने सबिन दंगाल, काभ्रे भुम्लु गाउँपालिका ९ बस्ने अञ्चल उप्रेती, धुलिखेल-७ का बिक्रम नापित, धुलिखेल-३ का सरोज बडाल, धुलिखेल-३ का राम बुढाथोकी, धुलिखेल-४ का बिराज थापा, पनौती-५ का सन्दिप श्रेष्ठ, भुम्लु-९ का कृष्ण पराजुली र धुलिखेल-७ का जिबन खड्गी छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय